Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पोखरा उडेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइयो

पोखरा उडेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइयो

  • आइतवार, माघ २ २०७८

  • 491
    SHARES

  • पोखरा उडेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइयो

    काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् ।

    यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । उनले भने, ‘कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले हाम्रो इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’

    सो जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरुलाई पुनः विमानस्थलमै फर्काइएको बताए । उनले भने, ‘काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिंदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्काइयो ।’ यद्यपि आकाशमै ढोका खुलेको भन्ने ती यात्रुको दाबी पुष्टि हुन बाँकी छ ।

    सो जहाजको आज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो । सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी छ ।


    आइतवार, माघ २ २०७८०१:०४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij