Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानलाई मानविय सहायता लिएर नेपाली टोली काबुल प्रस्थान

अफगानिस्तानलाई मानविय सहायता लिएर नेपाली टोली काबुल प्रस्थान

  • आइतवार, माघ २ २०७८

  • 688
    SHARES

  • अफगानिस्तानलाई मानविय सहायता लिएर नेपाली टोली काबुल प्रस्थान

    काठमाडौं । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

    काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

    संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किनेछ ।

    मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा र भाँडाकुँडा समावेश छ । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको छ ।

    सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । यसैगरी, ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्‍याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान उपलब्ध गराएको छ ।

    गत भदौमा तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकासहित पश्चिमा राष्ट्रहरु, विश्व बैंक, आइएमएफलगायतले अफगानिस्तानको विदेशमा रहेको सम्पति रोकिदिएका कारण अफगानिस्तान चरम संकटमा फसेको छ ।


    आइतवार, माघ २ २०७८१०:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij