Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललितानिवास प्रकरण : सीआईबीले थाल्यो थप अनुसन्धान

ललितानिवास प्रकरण : सीआईबीले थाल्यो थप अनुसन्धान

  • शनिवार, माघ १ २०७८

  • 815
    SHARES

  • ललितानिवास प्रकरण : सीआईबीले थाल्यो थप अनुसन्धान

    काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गाको किर्ते लिखतसम्बन्धमा थप अनुसन्धान थालेको छ ।

    सीआईबीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सीआईबीले तथ्य तथा कागजातको विश्लेषण तथा थप अनुसन्धानमा थालेको हो ।

    सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको र सोहीअनुसार थप अनुसन्धान गर्न लागिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो । उहाँका अनुसार ब्युरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाएको थियो ।

    सीआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सीआईबीले अनुसन्धान थालेको थियो ।

    अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् । विसं २०४९ देखि २०६९ सम्ममा ललितानिवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ललितानिवास प्रकरणमा १७५ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ ।


    शनिवार, माघ १ २०७८०८:३९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij