Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : प्रदेश एक, दुई र सुदूरपश्चिममा आंशिक बदली

आजको मौसम : प्रदेश एक, दुई र सुदूरपश्चिममा आंशिक बदली

  • शुक्रवार, पौष ३० २०७८

  • 812
    SHARES

  • आजको मौसम : प्रदेश एक, दुई र सुदूरपश्चिममा आंशिक बदली

    काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशभर नै आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

    अपरान्हतिर प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राति पनि देशभर आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    शुक्रवार, पौष ३० २०७८०७:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij