Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

धादिङमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान

धादिङमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान

  • बिहिवार, पौष २९ २०७८

  • 896
    SHARES

  • धादिङमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान

    काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ ।

    धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो ।

    रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खसेर पुरिंदा डोजर चालक, सहचालक र एकजना स्थानीय बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।


    बिहिवार, पौष २९ २०७८१२:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij