काठमाडौँ । आज दिनभर सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरुमा सामान्य बदली रहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागहरूमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।