Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चीनबाट आइपुग्यो थप ११ लाख ८४ हजार डोज भेरोसेल खोप

चीनबाट आइपुग्यो थप ११ लाख ८४ हजार डोज भेरोसेल खोप

  • बुधवार, पौष २८ २०७८

  • 650
    SHARES

  • चीनबाट आइपुग्यो थप ११ लाख ८४ हजार डोज भेरोसेल खोप

    काठमाडौँ । चीनबाट थप ११ लाख ८४ हजार डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार खोप आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

    हालसम्म नेपालमा विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म लक्षित समूहको ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएको सरकारी तथ्यांक छ । त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोजसमेत दिने तयारी गरेको छ ।


    बुधवार, पौष २८ २०७८०६:५१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij