Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइँदै

आजदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइँदै

  • मंगलवार, पौष २७ २०७८

  • 408
    SHARES

  • आजदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइँदै

    काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै आज (मंगलबार)देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो।

    उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सुरु भइसकेको मन्त्रालयले जनाएकोछ छ।

    खोप कार्यक्रम सुरु नभएका स्थानमा आजबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयको भनाइ छ।

    बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ।


    मंगलवार, पौष २७ २०७८०७:००:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij