Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा फेरि फैलियो कोरोना, दैनिक १०० बढीमा संक्रमण, संक्रमितको व्यवस्थापनमा चुनौती

सुदूरपश्चिममा फेरि फैलियो कोरोना, दैनिक १०० बढीमा संक्रमण, संक्रमितको व्यवस्थापनमा चुनौती

  • आइतवार, पौष २५ २०७८

  • 484
    SHARES

  • सुदूरपश्चिममा फेरि फैलियो कोरोना, दैनिक १०० बढीमा संक्रमण, संक्रमितको व्यवस्थापनमा चुनौती

    काठमाडौं – सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको छ ।

    भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् ।

    प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् ।

    कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुलाघाट नाकामा १३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेशमा शुुक्रबार पनि १०१ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमध्ये ९७ जना भारतका विभिन्न स्थानबाट फर्किएका व्यक्ति भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

    बिहीबार पनि १०८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये १०७ जना भारतबाटै फर्किएका रहेका छन् ।

    भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएकाबेला फर्किरहेका नेपाली संक्रमितको संख्यासमेत दैनिक वृद्धि हुुँदै जादा समुदाय स्तरमा फैलिने जोखिम बढेको छ ।

    निर्माणाधीन होल्डिङ सेन्टर अधुरै, संक्रमितको व्यवस्थापनमा चुनौती

    कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले कैलाली र कञ्चनपुरमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै रहेको पाइएको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिका(३ र कञ्चनपुरको भीमदत्त नगरपालिका(१८ मा निर्माणाधीन अवस्थामा रहेका एकरएक हजार मानिस अटाउने क्षमताका होल्डिङ सेन्टरको काम अन्तिम चरणमा रहेको दाबी गरिएको छ ।

    निर्माणको काम अन्तिम चरणमा भए पनि आवश्यक पर्ने अन्य समग्रीको व्यवस्थापनमा थप समय लाग्ने देखिएको छ ।

    होल्डिङ सेन्टर सेन्टर निर्माणकै चरणमा रहेका बेला संक्रमित थपिन थालेपछि व्यवस्थापनमा चुनौती हुन थालेको छ ।

    सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको १०० बेडको आइसोलेसन संक्रमितले भरिएको छ ।

    आइसोलेसन भरिएपछि थप संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीका रुपमा देखिएको बताउँदै कार्कीले गेटा मेडिकल कलेज र प्रादेशिक आर्युवेदिक औषधालयको भवनमा व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाए ।

    अझै पत्ता लागेन भेरियन्ट

    भारतमा ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेका बेला त्यहाँबाट फर्किने नेपालीहरू प्नि कोरोना भाइरस बोकेर आइरहेका छन् । तर यहाँ परीक्षणको व्यवस्था नहुँदा अहिले देखिएको संक्रमण ओमिक्रोन हो वा अन्य कुनै अरु भन्ने कुरा छुट्याउन नसकिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

    तर सामाजिक विकास मन्त्रालयले भने भारतबाट फर्किएर कोरोना संक्रमण देखिएका १६ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा उनीहरूमा ओमिक्रोन भेरिन्ट पुष्टि नभएको जनाएको छ ।

    पुनः थप ११६ जना संक्रमितको नमूना परीक्षणका लागि पठाइएको बताउँदै मन्त्रालयका प्रवक्ता कार्कीले रिर्पोट प्राप्त भइनसकेको जानकारी दिए ।


    आइतवार, पौष २५ २०७८१२:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij