Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज यी तीन प्रदेशमा वर्षा र पहाडमा हिमपातको सम्भावना

आज यी तीन प्रदेशमा वर्षा र पहाडमा हिमपातको सम्भावना

  • आइतवार, पौष २५ २०७८

  • 1.4K
    SHARES

  • आज यी तीन प्रदेशमा वर्षा र पहाडमा हिमपातको सम्भावना

    काठमाडौं - देशका तीनवटा प्रदेशमा आज वर्षा हुने भएको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाकाअनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

    साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वर्षा तथा हिमपात मंगलबारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने महाशाखाले जनाएको छ ।

    चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।


    आइतवार, पौष २५ २०७८०८:५९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij