Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि काठमाडौँका पालिकाहरुबाटै राष्ट्रिय परिचयपत्र सेवा

आइतबारदेखि काठमाडौँका पालिकाहरुबाटै राष्ट्रिय परिचयपत्र सेवा

  • शनिवार, पौष २४ २०७८

  • 788
    SHARES

  • आइतबारदेखि काठमाडौँका पालिकाहरुबाटै राष्ट्रिय परिचयपत्र सेवा

    काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचय पत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको छ । राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत ठाउँमा ठूलो भीड लाग्ने गरेको थियो ।

    राष्ट्रिय परिचयपत्र लिन काठमाडौंमा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

    तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिनुभयो ।

    यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसरमा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।


    शनिवार, पौष २४ २०७८०९:१२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij