काठमाडौँ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली तथा प्रदेश १ र २ मा आंशिकदेखि सामान्यसम्म बदली रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज राति पनि सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हिमपातको सम्भावना छ ।