Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण बढेसँगै आइतबारदेखि विद्यालय बन्द हुने

कोरोना संक्रमण बढेसँगै आइतबारदेखि विद्यालय बन्द हुने

  • शनिवार, पौष २४ २०७८

  • 558
    SHARES

  • कोरोना संक्रमण बढेसँगै आइतबारदेखि विद्यालय बन्द हुने

    दाङ । तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमणदेखिएपछि विद्यालय बन्द हुने भएका हुन् ।

    तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिनुभयो ।

    तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । कोरोनाको संक्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन् । तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ ।


    शनिवार, पौष २४ २०७८०७:०६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij