Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज अधिकांश स्थानमा वर्षाको सम्भावना

आज अधिकांश स्थानमा वर्षाको सम्भावना

  • शुक्रवार, पौष २३ २०७८

  • 627
    SHARES

  • आज अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ ।पश्चिमी वायुको प्रभावका कारण हाल देशका अधिकांश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

    देशभर नै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ ।

    आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।


    शुक्रवार, पौष २३ २०७८०७:३४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij