Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सहसचिव लुइँटेलको अध्यक्षतामा नारायणहिटी विवादित रेस्टुरेन्टबारे छानबीन समिति गठन

सहसचिव लुइँटेलको अध्यक्षतामा नारायणहिटी विवादित रेस्टुरेन्टबारे छानबीन समिति गठन

  • बिहिवार, पौष २२ २०७८

  • 543
    SHARES

  • सहसचिव लुइँटेलको अध्यक्षतामा नारायणहिटी विवादित रेस्टुरेन्टबारे छानबीन समिति गठन

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

    सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।

    उनका अनुसार समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगीलाई दिइएको छ ।


    बिहिवार, पौष २२ २०७८०३:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij