Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सप्तरीका एक जनामा मृत्युपछि कोरोना पुष्टि

सप्तरीका एक जनामा मृत्युपछि कोरोना पुष्टि

  • बिहिवार, श्रावण २२ २०७७

  • 645
    SHARES

  • सप्तरीका एक जनामा मृत्युपछि कोरोना पुष्टि

    होम क्वारेन्टिनमा बसेका बेला मृत्यु भएका सप्तरीका एक जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड(१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर परिक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो । होम क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका(५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर परिक्षण गरिएको थियो ।

    कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो । तर, मंगलबार अचानक ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो ।

    त्यहाँ उपचार सम्भव नभएपछि धरान रेफर गरिएको थियो । धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो ।


    बिहिवार, श्रावण २२ २०७७१२:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij