Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आगलागी नियन्त्रणमा लिने क्रममा विस्फोट, १ को मृत्यु, १२ जना घाइते

आगलागी नियन्त्रणमा लिने क्रममा विस्फोट, १ को मृत्यु, १२ जना घाइते

  • बिहिवार, पौष २२ २०७८

  • 484
    SHARES

  • आगलागी नियन्त्रणमा लिने क्रममा विस्फोट, १ को मृत्यु, १२ जना घाइते

    झापा । झापाको मेचीनगरमा आगलागी नियन्त्रणमा लिने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा मेचीनगर–८ का ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी पु¥याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    गएराति मेचीनगर–७ पिपल चोक बस्ने केशव पाठकको १ तले घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर विष्फोट भएको थियो ।

    दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।


    बिहिवार, पौष २२ २०७८०८:१४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij