काठमाडौँ । देशभर हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेतसम्भावना रहेको छ ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।