Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख दुई हजार पाँच सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख दुई हजार पाँच सय पुग्यो

  • बिहिवार, श्रावण २२ २०७७

  • 1.1K
    SHARES

  • सुनको  मूल्य हालसम्मकै उच्च,प्रतितोला एक लाख दुई हजार पाँच सय पुग्यो

    काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागी भन्दै गरेको लकडाउन पछि सुनको मुल्य निरन्तर बढिरहेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

    नेपाली बजारमा हिजो लाख रुपैयाँ नाघेको सुनको भाउ आज (बिहीबार) प्रतितोला ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन बुधबार प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य बढ्दा आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

    बिहीबारै चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्री अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उहाँको भनाइ छ ।


    बिहिवार, श्रावण २२ २०७७११:३४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij