Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

  • बिहिवार, श्रावण २२ २०७७

  • 641
    SHARES

  • गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

    काठमाडौ । गण्डकी प्रदेशमा ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको –६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै, गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने उनीहरुको वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका भए पनि वडा नम्बर खुलेको छैन ।

    यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


    बिहिवार, श्रावण २२ २०७७१०:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij