Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पक्राऊ पूर्जी जारी नगर्दै ललिता जग्गा प्रकरणमा मुछिएकाहरु फरार भएको खुलासा

पक्राऊ पूर्जी जारी नगर्दै ललिता जग्गा प्रकरणमा मुछिएकाहरु फरार भएको खुलासा

  • सोमवार, पौष १९ २०७८

  • 435
    SHARES

  • पक्राऊ पूर्जी जारी नगर्दै ललिता जग्गा प्रकरणमा मुछिएकाहरु फरार भएको खुलासा

    काठमाडौं । सीआइबीले काठमाडौं जिल्ला अदालतबाट १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्नु अघि नै धेरै व्यक्ति फरार भइसकेको खुलेको छ । यसरी फरार हुनेहरुमा पुर्वकर्मचारीहरु नै बढी रहेको बुझिएको छ ।

    ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको खोजीको सूचीमा परेपछि मुछिएकाहरु लुकिछिपी बस्न थालेका छन् । कतिपय देशबाहिर पुगेका छन् ।

    सीआइबीले पक्राउ पूर्जी जारी भई खोजेकामा कतिपय भारत, थाइल्यान्ड, सिंगापुर जस्ता देश पुगेको सूचना प्राप्त भएको छ । कतिपय आफन्तकोमा लुकेर बसेका छन् । सीआइबीले मुद्दा दर्ता गरेपछि हिरासतमा बस्नुनपर्ने र धरौटी मिल्ने आशामा त्यतिञ्जेल लुकिछिपी बस्नेहरु देखिएका छन् ।

    सीआइबीले काठमाडौं जिल्ला अदालतबाट १२० जनाको नाममा पक्राऊ पूर्जी जारी गराइसकेपनि रामकुमार सुवेदी र माधवी सुवेदी मात्र पक्राउ परेका छन् । शोभाकान्त ढकाल कारागारमा छन् । उनकी पत्नी उमा ढकाल पनि फरार छिन् ।

    २०४९ मा जग्गा हडप्ने कसुरमा संलग्न भनिएका ४० जना फरार सूचीमा रहेका, २०६२ मा जग्गा हिनामिनामा संलग्न १५ जना, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको निवास विस्तारका लागि भन्दै नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको प्रकरणमा ८० जना र २०६९ मा नक्कली टिकिन्छा गुठी कायम गरी नक्कली मोही खडा गर्ने ८५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको बुझिएको छ ।

    सीआइबीले पक्राउ पूर्जी जारी भएकामा २०४९ सालमा मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यका आफन्त, शाखा अधिकृत प्रेमबहादुर खापुङ, योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, प्रमुख मालपोत अधिकृत कलाधर देउजा, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, डिल्लीबजार मालपोतका नायब सुब्बा जगन पुडासैनी, समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेल, विचौलिया रामकल्याण अधिकारी र रामनाथ अधिकारी छन् ।

    यसैगरी, ललिता निवास जग्गा प्रकरणमा मुछिएका मालपोत विभागका पूर्व महानिर्देशक मुकुन्दप्रसाद आचार्यको निधन भइसकेको छ । डिल्लीबजार मालपोतका तत्कालिन खरिदार युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरिसकेका छन् ।

    सीआइबीको छानविनमा पूर्वमुख्यसचिव, सचिवलगायत उच्च कर्मचारी पनि छन् । अख्तियारका पूर्वआयुक्त दीप बस्न्यात पनि खोजीमा परेका छन् । उनी देशबाहिर पुगेको बुझिएको छ ।


    सोमवार, पौष १९ २०७८०२:११:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij