Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

  • आइतवार, पौष १८ २०७८

  • 701
    SHARES

  • सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

    काठमाडौं – सर्लाहीको ईश्वरपुर नगरपालिका ३ बयलबासमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किएको बताईएको छ ।

    दुर्घटनामा ईश्वरपुर नगरपालिका१० घर भएका २२ वर्षका अरुण सिंह, २० वर्षका श्रगम विक र २२ वर्षका रोहन सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो।

    गम्भीर घाइते भएका तीनै जनालाई अस्पताल मलङ्गवा पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए। मृतक तीनै जना एउटै मोटरसाइकलमा रहेका प्रहरीले जनाएको छ।


    आइतवार, पौष १८ २०७८०१:१९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij