Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पाल्पामा मलामी बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

पाल्पामा मलामी बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

  • आइतवार, पौष १८ २०७८

  • 810
    SHARES

  • पाल्पामा मलामी बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

    काठमाडौं – आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

    दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए।

    बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले पनि जारी छ। शवसहित मलामी बोकेर बस रिडी तर्फ जाँदै गरेको थियो।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


    आइतवार, पौष १८ २०७८१२:५९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij