Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

  • शुक्रवार, पौष १६ २०७८

  • 1.4K
    SHARES

  • काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

    काठमाडौं । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् ।

    सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

    त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो ।

    कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।


    शुक्रवार, पौष १६ २०७८०९:२९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij