Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुसा मार्ने औषधि खाएर युवतीले गरिन् बैंकभित्रै आत्महत्या

मुसा मार्ने औषधि खाएर युवतीले गरिन् बैंकभित्रै आत्महत्या

  • बुधवार, श्रावण २१ २०७७

  • 4.7K
    SHARES

  • मुसा मार्ने औषधि खाएर युवतीले गरिन् बैंकभित्रै आत्महत्या

    विराटनगर। विराटनगरको सनराइज बैंकमा कार्यरत एक युवतीले बैंकको कार्यालयभित्रै आत्महत्या गरेकी छन्। विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै मुसा मार्ने औषधि खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

    मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन् ।

    घटनाको प्रकृति हेर्दा विषय खाएको देखिएकोले प्रहरीले बैंकको सिसि टिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ।

    उनका हातमा पनि सामान्य चोट देखिएको र रगत बगेको देखिएको प्रहरीको भनाई छ। उनलाई बेहोस अवस्थामै कर्मचारीले नोवेल अस्पताल लगेको भएपनि अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।


    बुधवार, श्रावण २१ २०७७०७:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij