Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिरहामा जारी निषेधाज्ञा हट्यो

सिरहामा जारी निषेधाज्ञा हट्यो

  • बुधवार, पौष १४ २०७८

  • 1.1K
    SHARES

  • सिरहामा जारी निषेधाज्ञा हट्यो

    सिरहा । सिरहामा जारी निषेधाज्ञा हटाइएको छ।

    जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज बुधबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन्।

    औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा स्थानीय युवा मिथिलेश यादव पक्राउ परेपछि सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो ।

    आन्दोलनका क्रममा जनमत पार्टीका १८ कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई स्थानीय प्रशासन र यादवलाई जिल्ला अदालत धनुषाको आदेशमा हिजै रिहा गरिएको छ ।

    औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।


    बुधवार, पौष १४ २०७८०६:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij