Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

चिसोले दम र मुटुरोगका विरामीलाई बढि जोखिम, स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकको सुझाव

चिसोले दम र मुटुरोगका विरामीलाई बढि जोखिम, स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकको सुझाव

  • मंगलवार, पौष १३ २०७८

  • 604
    SHARES

  • चिसोले दम र मुटुरोगका विरामीलाई बढि जोखिम, स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकको सुझाव

    काठमाडौं। मौसममा परिवर्तन भएसंगै काठमाडौं उपत्यका सहित देशभर चिसो ह्वात्तै बढेको छ ।चिसो वढेसंगै जनजिवन कष्टकर बन्दै गएको छ ।

    चिसोवाट वालवालिका तथा वृद्धवृद्धामा बढी असर पर्ने भएकाले स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन् ।

    डा. शेरवहादुर पुनका अनुसार दम, र मुटुरोगका विरामीलाई जाडोमा बढी जाखीम देखीन्छ भने बच्चालाई पनि विभीन्न समस्या देखिन सक्छ । चिसोवाट बच्न न्यानो भएर बस्न डा. पुनको सुझाव छ ।

    चिसो मौसममा हिटर लगायतका विधुतीय उपकरणहरुको प्रयोग बढेको छ । तर यो स्वास्थ्यका हिसावले फाईदाजनक मानिदैन । यी उपकरणहरुले क्षणीक चिसोवाट बचाएपनि जोखीम निम्तिने गर्दछ ।

    डा. पुन चिसो मौसममा कोठा न्यानो पार्न प्रयोग गरीने उपकरणहरुको प्रयोग भन्दा न्यानो कपडाको वढी प्रयोग गर्न सुझाव दिनुहुन्छ ।

    यता मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा फेरबदल भैईरहेको हो । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र हिमपात हुने मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो।

    खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान समेत प्रभावित भए। ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

    मौसममा पर्सि विहीवार देखि सुधार आउने भएको छ ।

     


    मंगलवार, पौष १३ २०७८०७:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij