Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित

आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित

  • मंगलवार, पौष १३ २०७८

  • 595
    SHARES

  • आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित

    काठमाडौँ । काठमाडौँसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान आवश्यक मात्रामा सिरिन्ज नआउँदा स्थगित भएको छ । सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो ।

    खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ । गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो ।

    यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्ने छ ।


    मंगलवार, पौष १३ २०७८०७:२६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij