काठमाडौँ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नतिर देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ । त्यसैगरी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केहीस्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउन सक्ने महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।