Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना भाइरस संक्रमणबाट पर्सामा आज थप दुई जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पर्सामा आज थप दुई जनाको मृत्यु

  • बुधवार, श्रावण २१ २०७७

  • 544
    SHARES

  • कोरोना भाइरस संक्रमणबाट पर्सामा आज थप दुई जनाको मृत्यु

    काठमाडौं ।  पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षीय युवतीको मृत्यु भएको हो । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

    मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

    २० साउनमा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । पर्सामै साउन १९ गते मृत्यु भएको युवतीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।


    बुधवार, श्रावण २१ २०७७०३:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij