Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु, स्वाब संकलन हुँदै

सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु, स्वाब संकलन हुँदै

  • बुधवार, श्रावण २१ २०७७

  • 811
    SHARES

  • सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु, स्वाब संकलन हुँदै

    सप्तरी । सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण देखापरेका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।

    जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई हिजो एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।

    त्यहाँ उपचार हुन नसकी धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिनुभयो ।

    यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

    मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।

    मृत्यु भएका तीनै जनाको स्वाब संकलन गर्ने काम भइरहेको यादवले बताउनभुयो । कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्ने स्वाब परीक्षणपछि मात्रै थाहा हुने यादवले बताउनुभयो ।


    बुधवार, श्रावण २१ २०७७०१:११:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij