काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।
झुण्डिएको अवस्थामा मृत फेला परेका एसएसपी यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ।
यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ। यादवका बुवा–आमा घटनास्थल पुगिसकेका छन्।