Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको ६ लाख ६४ हजार बढी फाइजर खोप नेपाल आइपुग्यो

कोरोनाविरुद्धको ६ लाख ६४ हजार बढी फाइजर खोप नेपाल आइपुग्यो

  • शुक्रवार, पौष ९ २०७८

  • 610
    SHARES

  • कोरोनाविरुद्धको ६ लाख ६४ हजार बढी फाइजर खोप नेपाल आइपुग्यो

    काठमाडौं- कोरोना भाइरसविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। शुक्रबार कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप नेपाल आइपुगेको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ। नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा  लगाई सकिएको छ।

    जसमध्ये कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना रहेका छन्। त्यसैगरि  पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ जना पुगेको छ।

    गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।

    हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ। 


    शुक्रवार, पौष ९ २०७८११:३७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij