काठमाडौँ । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसरका एसएसपी सुदिप गिरीका अनुसार केहीबेर अघि मात्रै आगलागी भएको जानकारी आएपछि आगो निभाउन प्रहरी परिचालन गरिएको छ । अहिलेआगलागी नियन्त्रणका प्रयास भइरको छ ।
आगालगी के कारणल् लागेको भन्ने एकिन जानकारी प्राप्त भइसकेको छैन ।