Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संघर्ष र सिर्जनात्मकताले एकीकृत समाजवादीको अनेरास्ववियु चिनाउनमा जोड

संघर्ष र सिर्जनात्मकताले एकीकृत समाजवादीको अनेरास्ववियु चिनाउनमा जोड

  • सोमवार, पौष ५ २०७८

  • 758
    SHARES

  • संघर्ष र सिर्जनात्मकताले एकीकृत समाजवादीको अनेरास्ववियु चिनाउनमा जोड

    ललितपुर । संघर्ष र सिर्जनात्मकताले विद्यार्थी आन्दोलनमा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियु चिनिनुपर्नेमा जोड दिइएको छ ।

    ललितपुर सातदोवाटोमा शनिवार आयोजित अनेरास्ववियुको जिल्ला कमिटि घोषणा तथा सपथ ग्रहण कार्यक्रममा अनेरास्ववियुका महासचिव आरती लामाले विद्यार्थी आन्दोलनको गरिमा जोगाउँदै संविधानको रक्षा र कम्युनिष्ट आन्दोलन जोगाउन अग्रपंक्तिमा उभिनुको विकल्प नभएको बताउनुभयो ।

     

    264822803_196267662632050_633343813416873810_n.jpg

    अनेरास्ववियु महासचिव लामाले नेकपा एमाले र तत्कालीन अनेरास्ववियुमा देखिएको राजनीतिक विचलन र विसर्जनवादको विरुद्धमा अखिलले देशव्यापी रुपमा मजवुत संगठन निर्माण गर्दै पुनर्गठन अभियान थालेको बताउनुभयो ।

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य उमेश शर्मा बजगाईले विद्यार्थी आन्दोलनले नै संसारभर दासप्रथा देखि सतीप्रथा लगायतका कुरितीहरु अन्त्य गरेको स्मरण गर्दै सामाजिक परिवर्तनका आन्दोलनमा उभिने क्रान्तिकारी विद्यार्थीहरुले अनेरास्ववियुको इतिहास जोगाउनुपर्नेमा जोड दिनुभयो ।

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले आन्दोलन र संघर्षसंगै विद्यार्थीहरुले आफ्नो अध्ययन र पेशागत क्षेत्रमा विशिष्टता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । सिर्जनात्मक पक्षलाई बढाउँदै विद्यार्थी हकहीतमा केन्द्रित गतिविधिले संगठन निर्माण र विद्यार्थी आन्दोलनको इतिहास लेखिने बताउनुभयो ।

    नेकपा (एस) का ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापाले अनेरास्ववियुले हरेक व्यक्तिको दिमागमा राजनीतिक र सामाजिक परिवर्तनको बीउ रोप्नेगरी आन्दोलनको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

    अनेरास्ववियुका उपमहासचिव नरेश न्यौपानेले विद्यार्थी आन्दोलनको गरिमा र भरोसा टुट्ने गरी तत्कालीन अनेरास्ववियु नेतृत्वले स्वेच्छाचारी गतिविधि गरेको र गैर राजनीतिक क्रियाकलाप र नेताको स्तुतीगानमा संगठन समाप्त पारेकाले आन्दोलनको पुनर्गठनका लागि विद्रोह गरिएको बताउनुभयो ।

    सन्तोष महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्थामा संगठनको उपस्थिति गराउने र विद्यार्थी हकहीतका कार्यक्रम बनाउनेगरी योजना बनाइएको अनेरास्ववियु जिल्ला कमिटि सचिव कमल शिवाकोटीले बताउनुभयो ।


    सोमवार, पौष ५ २०७८०८:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij