Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा राष्ट्रिय ज्यापू दिवस मनाइयो

काठमाडौँमा राष्ट्रिय ज्यापू दिवस मनाइयो

  • आइतवार, पौष ४ २०७८

  • 357
    SHARES

  • काठमाडौँमा राष्ट्रिय ज्यापू दिवस मनाइयो

    काठमाडौं । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आज काठमाडौँमा १८ औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ ।

    ज्यापू संस्कृतिको झलक दिने गरी बाजागाजा र पहिरनसहित ¥यालीको आयोजना गरिएको छ ।

    नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो ।

    निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन सार्वजनिक विदा समेत दिँदै आएको छ ।

    विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन् ।

     


    आइतवार, पौष ४ २०७८०३:२६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij