Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

किरात समुदायले आज उधौली पर्व मनाउदै

किरात समुदायले आज उधौली पर्व मनाउदै

  • आइतवार, पौष ४ २०७८

  • 661
    SHARES

  • किरात समुदायले आज उधौली पर्व मनाउदै

    काठमाडौं । किरात समुदायले आज आइतबार धुमधामका साथ उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन्।

    आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन्। बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ।

    भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ। यस्तै, घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने प्रचलन पनि छ।

    जाडो याम सुरु भएपछि उधौली याम सुरु भएको मानिन्छ। यस याममा जाडो छल्न चराचुरुङ्गी‚ माछा माथिल्लो भेगबाट तल्लो भेगमा झर्ने गर्छन्। पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको भनी मानिन्छ।

    उधौली पर्वको अवसरमा किरात समुदायको बाक्लो बसोबास रहेको ठाउँमा आज मेला‚ महोत्सव पनि आयोजना गरिन्छ। मेलामा याःलाङ (धाननाच)‚ केलाङ (च्याब्रङ नाच)‚ साकेला नाचलगायत परम्परागत नाच नाचेर रमाइलो गरिन्छ। यस्तै‚ परम्परागत खेलहरूको पनि आयोजना गरिन्छ।

    यस समुदायमा बाली लगाउने बेलामा उभौली पर्व मनाइने प्रचलन छ। वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरात समुदायले आज उभौली पूजा गरेपछि तल्लो भेगबाट माथिल्लो भेगमा जाने गर्छन्। यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइन्छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा ईश्वरलाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।


    आइतवार, पौष ४ २०७८०७:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij