Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको तापक्रम तीन डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ६ डिग्री

काठमाडौंको तापक्रम तीन डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ६ डिग्री

  • शनिवार, पौष ३ २०७८

  • 484
    SHARES

  • काठमाडौंको तापक्रम तीन डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ६ डिग्री

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।

    यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ ।

    मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।

    नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।


    शनिवार, पौष ३ २०७८०८:३७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij