Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

लमजुङमा जिप दुर्घटना: ३ जनाको मृत्यु , ८ घाइते

लमजुङमा जिप दुर्घटना: ३ जनाको मृत्यु , ८ घाइते

  • बिहिवार, मंसिर २३ २०७८

  • 482
    SHARES

  • लमजुङमा जिप दुर्घटना: ३ जनाको मृत्यु , ८ घाइते

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

    तर मृतक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए ।

    प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।


    बिहिवार, मंसिर २३ २०७८०१:२३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij