काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र २ मा आंशिक बदली रही अन्य भागको मौसम सफा रहने छ ।
देशका केही भागमा आज वर्षा तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । आज दिउँसो प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि प्रदेश १ र प्रदेश २ का केही भूभागमा आंशिक बदलीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।