Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रुकुममा बस दुर्घटना हुँदा ४० जना घाइते, १० को अवस्था गम्भीर

रुकुममा बस दुर्घटना हुँदा ४० जना घाइते, १० को अवस्था गम्भीर

  • मंगलवार, मंसिर २१ २०७८

  • 995
    SHARES

  • रुकुममा बस दुर्घटना हुँदा ४० जना घाइते, १० को अवस्था गम्भीर

    काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ रातामाटामा जन्ती बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको हो ।

    बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग१ख२१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मुसिकोट–१ का वडा अध्यक्ष वीरबल केसी, सोही वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, विमला खत्री र प्रेम केसी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सोही वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भीर घाइते छन् ।

    घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक दोजबहादुर भण्डारी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट १ सय मिटर तल खसेको थियो । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।


    मंगलवार, मंसिर २१ २०७८०६:४०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij