Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जुम्लामा एमबिबिएस कक्षा सुरु

जुम्लामा एमबिबिएस कक्षा सुरु

  • सोमवार, मंसिर २० २०७८

  • 876
    SHARES

  • जुम्लामा एमबिबिएस कक्षा सुरु

    काठमाडौं । आइतबारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) अध्यापन सुरु भएको छ। कर्णालीमा पहिलोपटक एमबिबिएसको पढाइ सुरु भएको हो। प्रतिष्ठानका एमबिबिएस कोडिनेटर डा सुनिल बुढाथोकीले आइतबारदेखि पढाइ सुरु भएको जानकारी दिए।

    चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्त्तीर्ण भएका विद्यार्थीमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच जनाले शुल्क तिरेर अध्ययन गरिरहेको प्रतिष्ठानले जनाएको छ। कर्णालीले एमबिबिएसका कार्यक्रमका लागि २० सिट पाएको थियो।

    प्रतिष्ठानले ३ सय शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आईसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ।

    चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन्। प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ पनि अध्यापन पनि सुरु भएको छ। ती दुवै विषयमा २०–२० विद्यार्थी अध्ययन गर्नेछन्।

    एक वर्षदेखि प्रतिष्ठानमा पाँच जनाले एमडी अध्यापन गरिरहेका छन्। यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ।

    ती विषयमा २०र२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो।


    सोमवार, मंसिर २० २०७८०८:२६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij