Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुन तस्करीमा सहयोग गरेको आरोपमा प्रहरी जवान पक्राउ

सुन तस्करीमा सहयोग गरेको आरोपमा प्रहरी जवान पक्राउ

  • आइतवार, मंसिर १९ २०७८

  • 785
    SHARES

  • सुन तस्करीमा सहयोग गरेको आरोपमा प्रहरी जवान पक्राउ

    काठमाडौँ । सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

    विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको थियो । कडाइ भएपछि सुन पास गराउन सहयोगी भूमिका जवान केसीले गरेको पाइएपछि पक्राउ गरिएको भट्टराईले बताए ।

    उनलाई शनिबार पक्राउ गरिएको हो। विदेशबाट आएका यात्रुको सुनसमेत जवान केसीले बोकेको सीसी टीभी फुटेजमा देखिएको भन्सार कार्यालयले जनाएको छ । सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिएको विमानस्थलका डीआईजी राजेशनाथ बाँस्तोलाले बताए ।


    आइतवार, मंसिर १९ २०७८०२:५८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij