Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा तीन वटा माैसमी प्रणालीकाे प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

नेपालमा तीन वटा माैसमी प्रणालीकाे प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

  • शुक्रवार, मंसिर १७ २०७८

  • 1.0K
    SHARES

  • नेपालमा तीन वटा माैसमी प्रणालीकाे प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

    काठमाडौं - नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव  छ । जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएकाे छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेकाे छ । 

    राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ ।

    शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    शुक्रवार, मंसिर १७ २०७८०८:२७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij