Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मंसिर २८ बाट एमआरपीको वितरण बन्द हुने

मंसिर २८ बाट एमआरपीको वितरण बन्द हुने

  • बिहिवार, मंसिर १६ २०७८

  • 676
    SHARES

  • मंसिर २८ बाट एमआरपीको वितरण बन्द हुने

    काठमाडौँ । मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्दहुने भएको छ । सोहीदिन देखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई–पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ ।
    विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरिसकेको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई–पासपोर्ट मात्रै वितरण गर्ने योजना विभागको छ ।

    विभागका प्रवक्ता शरदराज आरनका अनुसार अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्ने छ । ई–पासपोर्ट वितरण थाले पनि एमआरपी जारी गर्न भने विभागले बन्द गरेको छैन । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केहीदिन दुवै खालका पासपोर्ट वितरण गरिरहेको छ ।

    अहिलेसम्म विभागले ७१ लाख १० हजार एमआरपी वितरण गरिसकेको छ भने करिब एक लाख एमआरपी बुक मौज्दातमा छन् । अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट वितरण थाल्ने तयारी छ ।


    बिहिवार, मंसिर १६ २०७८०६:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij