Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा झिनो अंकको सुधार, ४ अर्बको कारोबार

नेप्सेमा झिनो अंकको सुधार, ४ अर्बको कारोबार

  • बुधवार, मंसिर ८ २०७८

  • 1.1K
    SHARES

  • नेप्सेमा झिनो अंकको सुधार, ४ अर्बको कारोबार

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधवार (आज) सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार मापक परिसूचक ’नेप्से’ १.८२ अंकले बढेर २ हजार ७ सय ३४ दशमलव ९४ विन्दुमा उक्लिएको छ । हिजो नेप्सेमा ३२ अंकको गिरावट आएको थियो ।

    यसदिन ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक ०.२८ अंकले घटेर ५सय १५ दशमलव २० विन्दुमा रोकिएको छ ।

    आज चार अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । आज कारोबारमा आएका कूल २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ५४ हजार ७०३ पटक किनबेच भएका थिए ।

    आज मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.४७ प्रतिशतका दरले कमाएका छन् । गोर्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.५५ प्रतिशतका दरले गुमाएका छन् ।

    आज १३ मध्ये १० उपसमूहको सूचकमा हरियाली देखिएको छ। फाइनान्स उपसमूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।


    बुधवार, मंसिर ८ २०७८०३:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij