Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

  • आइतवार, श्रावण १८ २०७७

  • 1.1K
    SHARES

  • पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    पत्रकार रोकायाको यही साउन १७ गते हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा ६२ वर्षको उमेरमा निधन भएको हो । महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

    हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पुर्‍याउनु भएका रोकाया विसं २०५० देखि पत्रकारितामा सक्रिय हुनुका साथै लामो सयम कान्तिपुर दैनिकमा कार्य गरेका थिए । महासङ्घले स्व रोकायाप्रति श्रद्घाञ्जलि अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । स्व।रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । रासस


    आइतवार, श्रावण १८ २०७७०४:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij