Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बैतडी दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, सबैको सनाखत

बैतडी दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, सबैको सनाखत

  • सोमवार, मंसिर ६ २०७८

  • 402
    SHARES

  • बैतडी दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, सबैको सनाखत

    बैतडी – बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

    बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

    जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका- ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए । 

    दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ । 

    आइतबार राति साढे आठ बजेतिर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

     


    सोमवार, मंसिर ६ २०७८०६:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij