Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप

काठमाडौँमा आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप

  • आइतवार, मंसिर ५ २०७८

  • 712
    SHARES

  • काठमाडौँमा आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप

    काठमाडौँ । काठमाडौँ र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । यसअघि दीर्घरोगलाई खोप दिइएको थियो। आजदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो ।

    दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो । काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइने छ । तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएको छ ।

    ललितपुरमा पाटन अस्पतालमा खोप लगाइनेछ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।


    आइतवार, मंसिर ५ २०७८११:११:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij