काठमाडौँ । सर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो । उहाँका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ ।
गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३९ जना यात्रु सवार थिए ।
बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो । गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।